चिनियाँहरूको ‘दशैँ’ सुरु हुन लाग्यो। घर फर्किनेहरूको रौनकमा यतिबेला दशैँ सम्झँदै छु। नेपालको दशैँबारे चिनियाँलाई बुझाऊन परेँ म नेपालको ‘छुन् चिए’ भन्न रुचाऊँछु। दशैँ र छुन् चिएमा समानता पनि छन्, केवल हाम्रोझैं रातोटीका र जमरा हुँदैन, तर दक्षिणा दिने चलन हुन्छ। परिवार संगै बसेर खाना खाने चलन हुन्छ। दुवै १५ दिने चाड चन्द्रमासको पात्रो अनुसार प्रतिपदामा सुरू भएर पूर्णिमामा अन्त्य हुन्छन्।

यो बाहेक आज लेखिका कुई चौ फर्किँइन्। बिहान ढिलो उठेछु। मेरो रूममा उनीले लोन्ली प्लानेटक लागी खिचेको बौद्धनाथको तस्बीरमा ‘To: DEEEP, The light inside you is brighter than the sun. Shining !!!’ भनेर लेखिएको पोस्टकार्ड मिंग्युर रिम्पोछेद्वारा लिखित ‘इन् लभ विथ दी वर्ल्ड’ भन्ने पुस्तक माथी देखेँ। ऊनीले मलाई दिएको सद्भाव र सप्रेमले मुग्ध भएँ। मन फुरूङ्ग भयो। मन कृतज्ञ भो। मन निशब्द भो।

“दालीमा भुईचालो गैरहन्छ। नेपाली होस् त्यति त डराऊँदैनस् नै। तर भुईचालो आइहाले स्कूलको चौरमा जानु नभए स्टुडियो जानु। कारको चाबी दियो राखेको ठाऊँमा छ। स्लिपिंग ब्याग म सुतेको दराजमा छ। एमर्जेन्सी ब्याग तेरो कोठाको क्रिस्टलका बाकस छेऊमा छ। पासपोर्ट त्यता हालिराख्नु। बिजुलीहरू ध्यानले चलाऊनु। खानेकुराहरू लगभग पुग्ला नै। नपुगे यांगयांगको बारीबाट ल्याए हुन्छ। र त्यो मेरो साथीको घरमा दुइटा बिराला छन्। सब अटोमेटिक छन्। गर्न केहि पर्ने होईंन, तिनीहरूलाई दिक्क नलागोस् भनेर कैलेकैले यसो हेरेर आउने मात्र।” ऊनीले यसो भन्दा हृदयले शीतलता अनुभूति गरेथ्यो। एकातिर भुईचालोको कुरोले मन डरायो पनि। उसो त काल आएछ भने सनुसभित्र लुकेनि टार्न सकिन्न भन्ने हमाहरूको कुरो याद गरियो। आऽऽऽ मर्नपर्छ भनेसी कति भाग्या क्या हगी?

लेखिका साथीले यति भनेर निस्किने तयारी गर्दै थिइन्। दाली देखी खुन्मिंग हुँदै कुईचौ५ घण्टाको बुलेट ट्रेन यात्रा भन्ने थाहा पाएँ। मैले ऊनीलाई चियाहरू केहि खाने हो कि भनेर सोधेँ। ‘हिजो किनेको बेकरी छन्’भनेसी उनीले पर्दैन भनिन्। च्रु वाला सुताई भएको म, उनि निस्केपछी फेरि एकलट लागेँ ओछ्यानतिर। केहि बेरपछी उठ्छु भनेको १० बजिसकेछ। छाँगशान धुम्म थियो। उठ्दा एक्कासी मलाई घर शून्य शून्य अनुभूति भो जसरी म हरेकपल्ट दाली छाडेर च्यामुसी फर्किँदा घर शून्य भएको अनुभूति लेखिका र सियाओ मियाओले गर्थे।

मोबाईल खोलेको किशोर र नीलाको फोन आएको रहेछ। मौसम सफा भएमा छांगशान ट्रेक गर्ने कुरो थियो। अनि ऊनीहरुलाई फोन गरेँ, ऊनीहरू घरतिर आए। चिया खायौँ, गफ़ियौँ। खाना ख़ान बाहिर जाने कुरो भो। चियाओज् खाइ एकजना पुरानो होटल छिरियो। हामी केहीबेर गफिँदै थियौँ। त्यहाँ आईपुगे दालीका केही स्थानीय जो नेपाल पुगेका रहेछन्। भिक्षु भएका रहेछन्। हामी नेपाली हौँ भनेसी उनीहरू दंग हुँदै हामीसंग गफ़िए। पछी फर्किँदा हामीसंग बोल्न आए। हामी छांगशान अगाड़ी उभिएर तस्बीर खिचाऊँदै थियौं। नेपालमा भिक्षु बनेका तिनीलाई मसंग अंकमाल गर्न मन लाग्यो भने। उनीले मसंग आत्मीयता भेटे भने। मैले ऊनीहरूलाई नेपाल आउने निम्तो दिएँ, चिनियाँ दशैको शुभकामना दिएँ। त्यसपछी हामी लाग्यौं लेखिकाको नयाँ घरतिर। त्यहाँबाट घर भ्रमण गरियो। भाईहरुलाई नयाँ घरबाट छांगशान हिमाल र आरहाईको दर्शन गराएँ।

यसो त ऊनीले मलाई यो पटकको यात्रामा ऊनीलाई घर बनाउने कुरोमा ऊनी द्विविधामा पर्दा मेरो सल्लाहहरुले सहज भएको बताईन्। “तँ आइकन घर बनाउने कुरो, सामान छान्न देखी अन्य धेरै कुरोमा सहज भयो। तँ यता नआएको भएपनि काम त हुन्थ्यो नै तर यति सरल हुने पक्कै थिएन।” ऊनीले केही दिनअघि मस्तिष्कमा मप्रति यि भावहरू आएको कुरो सुनाईन्। म केवल मुसुक्क मुस्कुराएँ। मैले त्यस्तो ख़ास गरेको त केहि थिएन भन्ने बोध छ नै। तर ऊनी द्विविधा रहेर मसंग सल्लाह माग्दा म ‘यो ठीक हुनसक्छ’ भन्दिनथेँ, यसले पनि ऊनीलाई राहत हुँदो हो।

ऊनी कुई चौ निस्किनु अघिल्लो दिन निक्कै विषयमा संवाद गरियो। ऊनीप्रति म कृतज्ञ हुँदै ऊनीले मलाई लगाएको गुनप्रति ह्रदयदेखी धन्यवाद भनेँ। मैले आफूसंग साधुवादका निमित्त शब्द नभएको बताएँ। “तैँले पूर्वकर्ममा धेरै असल कर्म गरेकाले तेरो यो जुनी गज्जब हुनेछ। भाग्यमानी छस्। तँलाई सघाऊन, साथ दिन पाऊँदा म पनि ख़ुशी छु। मेरो मेरिट एकुमुलेसन भयो नि (हाँसिन्।) उनीले मलाई यसो भनिन्। “अब अर्कों भेट् हुन कति समय लाग्ला थाहा छैन। तर पti तिमीले लगाएको गुन तिर्न मैले सक्ने त्यस्तो केहि भए म गर्न सदा तयार छु। हेलम्बु तिम्रो घर हो। सदा यो विश्वास राख्नु।” मैले कृतज्ञता प्रकट गरेँ।

खैर यी बीच आजको दिन एक मिश्रित अनुभूति गरियो। ‘दाली तेरै घर हो, अब आफ्नो सम्झेर बस्नु। हामी आएसी सानो भेट होला’ भन्ने लेखिकाको उद्गारलाई मनन गर्दै जाड़ो छल्न युननान आएको साइबेरियन चरो च्यामुसी फर्किनु अघि एकल दाली बसाईको १५ दिने यात्रा गरिने भो। खैर ज़िन्दगीको के भर छ र भन्दै सबैमा सम्झना बिर्सना माया सलल !

श्याम ब्रह्मण के बारे में कई पुरानी कथाएं सुनाई गई हैं। यह एक प्रसिद्ध भगवान कृष्ण का एक अलग रूप है, जिसे उत्तर भारत में विशेष रूप से पूजा जाता है। यहां कुछ प्रमुख श्याम ब्रह्मण कथाएं हैं:

श्याम ब्रह्मण की कथा: एक बार, एक गांव में एक गोपी श्याम ब्रह्मण की आराधना करती थीं। एक दिन, उनके घर में भगवान कृष्ण के भिक्षन लेने आए। गोपी ने उन्हें बड़ी श्रद्धा और प्रेम से भिक्षा दी। इसके बाद, भगवान कृष्ण ने अपनी आँखों के सामने उस गोपी को श्याम ब्रह्मण के रूप में प्रकट किया।

श्याम ब्रह्मण और शेर: एक बार एक चंडल शेर जंगल में घुम रहा था। यह शेर लगातार लोगों को डराने के लिए उनके पीछे पड़ रहा था। श्याम ब्रह्मण ने इसे देखा और उसे धरती पर घुसने से रोक दिया। इससे शेर बहुत अचंभित हुआ और उसने श्याम ब्रह्मण का सेवा करना शुरू कर दिया। उसके बाद से, शेर श्याम ब्रह्मण के रूप में उसे सेवा करता है और लोगों को डराने की बजाय उनकी सहायता करता है।

श्याम ब्रह्मण और गोपियाँ: भगवान श्याम ब्रह्मण को उनकी भक्ति और प्रेम की खास प्रशंसा मिली है। गोपियाँ, भगवान कृष्ण की प्रिय सखियों के रूप में जानी जाती हैं, भगवान श्याम ब्रह्मण के प्रेमी रूप को पूजती हैं और उनके संगीत, नृत्य और प्रेम के माध्यम से अपना आत्मा भगवान के साथ जोड़ती हैं।

ये कुछ उदाहरण हैं श्याम ब्रह्मण के महान और आश्चर्यजनक कथाओं के। इन्हें सुनकर आप इस महान भगवान की महिमा और उनके अनुयायों की आस्था का अनुभव कर सकते हैं।

केहि लेखुँ भन्दा जीवनका केहि थोरै कुरोलाई कोट्टायाऊन बाहेक अरू मैले जानेको केहि होईन। अस्ति मस्तिष्कमा एऊटा प्रश्नले मलाई घेरेको थियो- यो जीवनको उपलब्धि के छ? मसंग ठ्याक्कै यहि भन्ने उत्तर छैन। तर पनि एक यस्तो उत्तर होकि लाग्छ- यो जीवन यात्रामा मैले भेटेका मानिसहरू ! ऐलेलाई उपलब्धि यहि नै मानेँ। उसो त मैले मेरो जीवनलाई उपलब्धिका तराज़ुमा जोख्ने रुचि राख्दिन पनि; त्यो म हुनै सक्दिनँ। उपलब्धिविहीन म हुन पनि तयार !

जीवनमा केहि मानिसहरु हुन्छन् जसका बारेमा धेरै भन्न सकिन्छ जस्तो लाग्छ तर केहि भनौँ भन्दा तिनका लागी शब्द नै फिका लाग्छन्। जीवनका केहि यस्तै पात्रहरू मध्ये यिनै लेखिका साथी ! म उनको जीवनमा कत्ति ख़ास छु त्यो उनको एक पाटोको कुरो हो तर मेरो जीवनको तरेलीहरूमा ऊनी एक अद्भुत पात्र हुन्। मलाई यत्ति भन्न कुनै ‘महाभारत’ छैन। किनकी म यत्ति के कुरोमा प्रष्ट छु भने जो पात्रहरूले मेरो ज़िन्दगीका कठिनाईहरूमा हात दिएका छन्, म तिनलाई सदा कृतज्ञता प्रकट गरिरहन चाहन्छु। खुला दिलले भन्न सक्छु, मेरा जीवनमा लेखिकाले जस्तै सघाएका अनेकन पात्रहरू छन्- ति हरेकलाई यतैबाट धन्यवाद पनि।

आज भने लेखिकालाई सम्झने दिन, अर्थात् उनीले यो धरामा पाइला टेकेको दिन। प्रिय लेखिका साथी, तिमीलाई जन्मदिनको ब्रह्माण्ड ब्रह्माण्ड शुभकामना। सोचेको थिइन यो जीवनकालमा हाम्रो भेट यति भव्य हुनेछ। भेटहरूले रहरले हुँदैनन्। भेटहरू प्रारब्धका उपज हुन्। म त केवल उहि जीवनको छालसंग लहरिँदै हिँडेको यात्री, नदीझैं दौडिएको पात्र, र बादलझैं बहेको यायावर; मैले त के जान्नु मैले जीवनको यो हतारोमा पनि तिमीलाई भेट्छु भनेर, मैले के जान्नु जीवनमा तिमी यति महत्त्वपूर्ण मानिस बनेर आएको छौ भनेर, मैले के जान्नु तिमीले मेरो जीवनमा गुनका सुन्दर गुँडहरुले मेरो रूख सजाऊनेछौ भनेर? नजान्नुमा मलाई के चिन्ता छ? मैले त केहि जानेकै छैन, यो नजान्नुको स्वादको मज्जामा हराइएछ।

प्रिय लेखिका, तिम्रो जीवनहरू ख़ुशीले भरियुन्, जीवन अझ हलुक़ा हुँदै जाओस्। तिमी जीवनका अनेकन दुखहरू पर गर्दै यो ठाऊँसम्म आईपुगेको छौ, तिमीले संसारलाई धेरै हदसम्म बुझेकी छौ। कैलेकैले तिम्रा अनुभवहरू सुन्दा, तिमीले गरेका कामहरू देख्ता, तिम्रा विद्वत वाणीहरू सुन्दा तिमीले यो संसारमा देख्न र भोग्न बाँकी के छ र होला भन्ने लाग्छ, म लोभिन्छु। र, मेरा बासंगको साइनोमा तिमीले जुन मध्यस्तकर्ताको भूमिका खेलेको छौ, म हृदयाभार छु।

तिमीलाई दिनको निमित्त मसंग त्यस्तो चीजहरू केहि पनि छैन, न भविष्यमा नै त्यस्ता चीज केही होलान् ! मसंग सम्पत्तिका नाममा केवल प्रार्थनाहरू छन्, तिमी सदा मेरो प्रार्थनामा छौ। म चाहन्छु तिम्रा जीवनका ‘हिमाल’यात्राहरूमा वर्दापर्दा, तिमीले हामीलाई लगाएका ‘गुने’झैं सघाऊन सकुँ। मलाई थाहा छ यि केवल मेरा मनोवाद मात्र हुन्। मानिसहरूले लगाएको गुन तिर्न मेरो यो जीवनले पुग्दैन। जीवनमा अरू धेरै गर्न नसकेपनि म हिमालयहरूमा तिम्रो पथप्रदर्शक भएर सघाउनेछु, तिम्रा बेयुल यात्राहरूलाई सक्दो सघाउनेछु।

जीवन भन्नु के छ र? तर तिमीले मलाई ‘म’ हुनुपर्छ भनेर बोध गराऊन प्रयास गरेको छौ। तिमी मेरो जीवनका केहि औंलामा गन्न सकिने गुरुहरू मध्येको एक हौ, यो लेख्दै गर्दा बजेयोगिनी नै सम्झिएँ। म भित्रको किरणलाई बोध गराउने र आँट् भर्ने मानिसलाई सदा साधुवाद। मभित्र मैले म खोजिरहेको छु र कुनैदिन मैले पूर्णत: म भेटेको दिन म तिमीलाई अन्तर्मनदेखी आभार प्रकट गर्नेछु। बितेको एकसाल भन्दा लामो समय तिमीसंगको संगतले मलाई जीवनलाई हेर्ने आँखाहरू अझ उघारेको अनुभूति गरेको छु। यो पनि जीवनको सानो कमाई कहाँ हो र?

कोइ भरिन सायद अर्को रित्तिन पर्छ क्यार, आज म जहाँ छु, मलाइ जुन इतिहास र भूगोलमा मेरा अग्रज पूर्खाहरु, मेरा परिवार र आत्मीय मनहरुले उभ्याएका छन्, म त्यसको लागि जीवन जीवन ऋणी छु। हिमाल जत्रा छातीमा बनाएर संघर्ष नै संघर्षको कथाले भरिएको इतिहास बाट जस्ले मलाई आजको ठाउँमा सम्म ल्याइपुर्‍याए, ती मानिसहरूको म सधैं ऋणी छु, तिन्का तराई मनले म जागिरहन्छु ! मेरा फिका शब्दले तिनका बयान हुनै सक्तैन।

कुनैदिन सिक्किमकी लामाले भनेको याद आईरहन्छ, “तिमीले पूर्वजन्ममा धेरै राम्रा कर्महरू गरेका छौ, यसैले तिमी ने घुमिघुमी हिँड्न पाएका छौ…!” र यि ने हरू पुग्न मैबाट त कहाँ सम्भव र? तर चीन भूगोलका यि ने हरूमा मलाई पनि अटाईरहने यि आत्मिय पात्रलाई धन्यवाद र जन्मदिनको फेरी पनि शुभकामना। जीवनमा प्राप्ति र अप्राप्ति भन्दा माथी उठेका मानिसहरूको जीवनले मलाई ऊर्जा दिएका छन्। सदा आभार।


发布     👍 0 举报 写留言 🖊   
✋热门推荐
  • 신념은 인간의 가치와 운명을 좌우한다 잊혀지지 않는 영화의 한 장면을 놓고 위대한 령도자 김정일동지께서는 다음과 같이 교시하시였다. 《필승
  • #1036动新闻# 【#福州读书月#—— #福州市图书馆#开启阅读推广系列活动】 伴随福州“读书月”的到来,11月5日,福州市图书馆(德旺图书馆)开启“书声萦耳
  • 【Manuka Doctor 2.5折起+额外9折】全场大促,825MGO款年度好价$49.5 【Fulton Fish Market 无门槛8.5折】龙虾尾
  • 操盘高手实战解析-回抽颈线战法 详解颈线和颈线位 股价波动进入盘局时会出现各种不同形态,费时较久的则是头肩形态,诸如头肩顶、头肩底、复合头肩底、复合头肩顶。将
  • 敲山震虎,打草惊蛇,看看台独势力到底意欲何为?若继续勾搭美奸搞分裂独立必严打之!若收手放弃台独谋求一心和统则皆大欢喜!美国若不再支持台独而一心与大陆友好合作那也
  • 相信爱看喜剧电影的人,在观影路上是很难绕开周星驰这个人和他导演或主演的电影的。毕竟只要谈起一些经典的喜剧电影,那么周星驰所主演或者主导的电影总会在其中占有一席之
  • 『慈愛的心』 愿我无敌意、无危险。 愿我无精神的痛苦。 愿我无身体的痛苦。 愿我保持覺知正念。 愿我的父母亲, 我的导师、亲戚和朋友, 我的同修, 與我疏
  • 人过60岁.能有一个美好信念.健康的身体.有一个自由的心态.安稳的睡眠.有一个享受生活的美好心情.足矣..60岁前.我们苦笑痛乐.一路艰辛.全力以赴的苦过累过.
  • #林奕颖[超话]# 七天六夜的考察明天就要结束啦 不出意外应该是本科阶段最后一次考察了 有开会到一点多、转口述稿到两点多的窘迫 也有在稻田旁被跟拍一路的快乐
  • 一身孤勇,一生只用一处#言情小说推荐# 《星星上的花》烟罗 暗恋/治愈/久别重逢/医生文/完结he “我不知道前方是风是雨还是晴,我只知道,如若是你,随时随地
  • 本来回到家跟室友唠嗑两句躺在床上后没有写小日记的欲望的 不过还是写写吧 毕竟今天总体感觉还不错 1. 周报写数据分析的时候仿佛回到了研究生写报告hhh 2. 周
  • #打卡黄石#【 #黄石最美漫画路#上热搜了!】11月4日,一条名为《黄石最美漫画路》的视频将我市澄月路推上同城热搜“榜一”位置。视频中,秀雅磁湖畔的“梧桐隧道”
  • 揭秘:真菌多糖究竟是什么 由于真菌多糖对人类健康疾病的有效性,糖生物学已经成为生命科学中的新前沿,美国“FDA”宣称:“21世纪是多糖的世纪”。 FDA”教
  • 352年6月1日,前燕皇帝慕容俊抓获冉闵,押送到龙城,在遏陉山将冉闵斩杀。冉闵被杀后遏陉山附近方圆七里草木枯萎,蝗虫遍野,整整七个月内都没下过一滴雨。慕容俊内心
  • #玄学[超话]#【少夫人命理风水馆】国外善信治疗新冠反馈 今年6月底4个人同时感染新冠,当时感染程度、病情一样。当事人当天跟我取得联系,他非常信奉祖师爷,给他
  • 一些舍不得换的个性签名 都是风景,幸会。 遇见即是上上签。 事已至此,先吃饭吧。 你我登船,送命或寻欢。 一如既往,万事胜意。 且陶陶,
  • 【科技托起强国梦 少年诠释爱国情——荔香学校科技节圆满落幕】11月1日上午,学生们翘首期盼的科技节比赛获奖名单终于揭晓了,至此,历时一周的荔香学校科技节在此起彼
  • 47岁周迅新恋情曝光!可她这脸,真吓我一跳各位,速来吃瓜!这把可是差13岁的姐弟恋!就前两天,周迅跟小13岁男友,牵手约会曝光,恋情直接抡上热搜!祝福完恋情,网
  • 裹着大袄子坐着车偷偷到猫头鹰喝了几瓶水.反正我也没睡着.小区里也狂狼狂狼的响.路上都是纸灰.今天睡不着.身体也不舒服.路都封了进不去.准确的说是摸黑去店里取东西
  • 【云南屯屯麦预祝《生物多样性公约》缔约方大会第十五次会议(COP15)第一阶段会议取得圆满成功 】 七彩云南,万物家园 从自然到人文,从城市到乡村 让我们一起